• शनिबार, साउन ९ २०८३

अपराधीलाई कानून हेरेर कारबाही गर्न निर्देशन कुर्नुपर्दैन : गृहमन्त्री लामिछाने


मंगलबार, फाल्गुन २९ २०८०
1.3K
Shares

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गैरकानूनी काम अर्थात् अपराधमा संलग्न व्यक्तिलाई कारबाही गर्न आफ्नो आदेश कुरेर नबस्न देशभरका प्रहरीलाई निर्देशन दिएका छन्।

उनले जयनेपाल कुनै पार्टीको नभएर देशको भएको भन्दै प्रहरीले आफूलाई सलाम गर्ने होइन आफूले प्रहरीलाई सलाम गर्ने गरी काम गर्न आग्रह गरेका छन् ।

आज सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै लामिछानेले सबै प्रहरीलाई यस्तो निर्देशन गरेका हुन् ।

गृहमन्त्री लामिछानेले लेखेका छन्, ‘ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो ? तपाईँले मलाई होइन, मैले तपाईँलाई सलाम गर्ने गरी काम गर्नुहोस्। मेरो शुभकामना छ। जय नेपाल ९पार्टीवाला होइन, देशवाला।’

गृहमन्त्री लामिछानेले देशभरका सम्पूर्ण राष्ट्रसेवक प्रहरीलाई अपिल गर्दै भनेका छन् ‘देशको कुनै पनि भागमा कुनै पनि व्यक्ति वा समूहले गैरकानूनी काम गरेको छ, गैरकानूनी धन्दा चलाएको छ, कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करीलगायतका अपराध गरेको छ भने त्यसलाई कारबाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार