• शनिबार, साउन ९ २०८३

नेकपा र कांग्रेस कार्यकर्ताबीच भएकाे झडपमा गोली चल्याे


सोमबार, असार १५ २०७७
1.4K
Shares

सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकामा नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा गोली लागेर केही घाइते भएका छन्।

झडपमा २० जना घाइते भएको र घाइते मध्ये केहीलाई गोलीको छर्रा लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

त्यहाँ स्थित रामनगरका नेकपा कार्यकर्ता ६० वर्षका रामजल राय यादवको एक साता अघि मृत्यु भएको थियो। रायको मृत्यु नभई नेपाली कांग्रेसका कार्यकर्ताले हत्या गरेको आरोप नेकपाका नेता कार्यकर्ताको आरोप छ। 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख तथा एसपी विश्वमणि सुवेदीका अनुसार झडपमा केही घाइते साथै उनीहरू मध्ये केहीलाई गोलीको छर्रा लागेको छ।

तर, चिन्ताजनक अवस्था कसैको नरहेकाे उनले बताए ।  गोली कसले चलायो भन्नेबारे अनुसन्धान भइरहेको सुवेदीको भनाइ छ।  

उनका अनुसार अहिले अवस्था सामान्य भइसकेको छ। मृतक रामजलको शव जिल्ला अस्पताल  सर्लाहीको शव गृहमा राखिएको छ। नेकपाले हत्यारा पक्राउ नगरेसम्म शव नउठाउने बताउँदै आएको  प्रहरीले  जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार