• शुक्रबार, साउन ८ २०८३

पुनर्गठित मन्त्रिपरिषद्को पहिलो बैठक बस्यो, के-के भयो निर्णय ?


बिहिबार, फाल्गुन २४ २०८०
1.2K
Shares

काठमाडौँ । पुनर्गठित मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारमा बसेको छ।

बिहिबार बिहान मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारमा बसेको हो।

मन्त्रिपरिषद् बैठकले विभिन्न दुई वटा निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले महिलासम्बन्धी संघीय राष्ट्र संघको कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी सहभागी हुने निर्णय गरेको छ । जसअनुसार उनी कार्यक्रममा सहभागी हुन अमेरिकाको न्युयोर्क जाने छिन् ।

यस्तै अवकाशमा जान लागेकी स्वास्थ्य सचिव देव कुमारी गुरागाईको विदाई गर्ने निर्णय पनि भएको छ।  उनी शनिबार अवकास हुन लागेकाले त्यसअघि नै बिदाइ गर्नेगरी निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार