• शनिबार, साउन ९ २०८३

कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो


मंगलबार, फाल्गुन २२ २०८०
1.7K
Shares

काठमाडौँ । नेपाली कांग्रेसले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले औपचारिक रूपमा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

सरकारलाई दिएको समर्थन फिर्ता लिने र सदनमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय भएको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।

प्रधानमन्त्रीको निर्णयले मुलुकलाई थप अस्थिरता तर्फ लगेको र अर्थतन्त्रलाई पनि अप्ठेरो अवस्थामा धकेलेको बैठकको निष्कर्ष रहेको उनले बताए ।

उनले कांग्रेससँगको गठबन्धन तोड्दा प्रधानमन्त्रीले लगाएका आरोपहरू कपोलकल्पित भएको जिकिर गरे । गठबन्धन तोड्ने प्रधानमन्त्रीको निर्णय निर्वाचनका बेला जनतासँग गरेका प्रतिबद्धताविपरीत रहेको उनको भनाइ छ ।

गठबन्धन परिवर्तन गर्ने कारण कांग्रेस नभएको उनले स्पष्ट पारे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार