• शुक्रबार, साउन ८ २०८३

नयाँ सत्ता समिकण: को-को बन्दैछन् मन्त्री ?


सोमबार, फाल्गुन २१ २०८०
2.5K
Shares

काठमाडौँ । भागबण्डा टुंग्याउनका लागि नयाँ सत्ता गठबन्धनको बैठक बस्ने तयारी भइरहेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार दिउँसो साढे २ बजे बस्ने नयाँ गठबन्धन बैठकमा मन्त्रालय भागबण्डासहित प्रदेशमा सत्ता समीकरणलगायतका विषयमा लिखित सहमति गर्ने तयारी छ ।

 

आज तीन जना मन्त्रीले सपथ लिनेछन् । सरकारको नेतृत्व माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् ।

नेकपा एमालेबाट पदम गिरीलाई मन्त्री बनाउने पक्का भएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङलाई मन्त्री बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डीपी अर्याललाई पहिलो चरणमा मन्त्री बनाउने तयारी छ ।

प्रधानमन्त्री प्रचण्डले आजै साँझ नयाँ मन्त्रीहरूको शपथ गराउने तयारी रहेको स्रोतले जानकारी दियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार