काठमाडौं । शालीन पोखरेल मृत्यु प्रकरणमा पोस्ट मार्टम रिपोर्ट परिवारलाई नदिएको भन्दै विरोध गर्न पुगेका पुण्य गौतम र युवराज सफल पक्राउ परेका छन् ।
उनीहरुलाई त्रिवि शिक्षण अस्पताल बाहिरबाट नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । दुवैलाई महाराजगञ्ज प्रहरी वृत्तको हिरासतमा राखिएको छ ।
आइतबार टिचिङ हस्पिटलले पोस्ट मार्टम रिपोर्ट चितवन प्रहरीलाई पठाएको थियो । रिपोर्टमा बलात्कार नभएको पाइएको र झुण्डिएकाे कारण मृत्यु भएको तथ्य टिचिङ अस्पतालले उल्लेख गरेको छ ।