• शनिबार, साउन ९ २०८३

नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै नेपाल फाइनलमा


शनिबार, फाल्गुन १९ २०८०
1.3K
Shares

काठमाडाैँ । नामिबियासमेत सम्मिलित टी–२० आई त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको छ ।

पाहुना टोलीले दिएको १२१ रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभर खेल्दै ४ विकेटको क्षतिमा जित निकालेको हो।

शनिबार भएको सिरिजको पाँचौँ खेलमा पनि नेपालले जित निकाल्दै सिरिजको फाइनल यात्रा तय गरेको हो।

नेपाल पहिलो खेलमा नेदरल्यान्ड्सँग २ रनले पराजित भएको थियो। नेपालले शुक्रबार नामिबियालाई ३ रनले पराजित गरेको थियो।

जितसँगै ४ खेलबाट ४ अंक जोडेको नेपाल अंक तालिकाको दोस्रो स्थानमा रहँदै फाइनमा पुगेको हो।

३ खेलबाट ४ अंक भएको नेदरल्यान्ड्स अंक तालिकाको शीर्ष स्थानमा छ। ३ खेलमा २ अंक भएको  नामिबिया २ अंकमा अंक तालिकाको तेस्रो स्थानमा छ।

सिरिजमा आइतबार नामिबिया र नेदरल्यान्ड्स खेल्नेछन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार