• शनिबार, साउन ९ २०८३

काँग्रेस पदाधिकारी बैठकद्वारा महाधिवेशनको कार्यतालिका परिमार्जन


आइतबार, असार १४ २०७७
875
Shares

काठमाण्डौं । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको आइतबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकले कोरोनाका कारण प्रभावित भएको १४ औँ महाधिवेशनको कार्यतालिका परिमार्जन गरेर पुर्व घाेषित मितिमानै महाधवेशन गर्ने गरी तयारी अघि बढाउनेबारे निर्णय गरेको छ ।

उक्त निर्णय आगामी मंगलबारको केन्द्रीय समिति बैठकले अनुमोदन गर्नेछ । काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आगामी मंगलबार दिउँसो १ बजे बस्ने केन्द्रीय समिति बैठकमा पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि आमन्त्रण गरिएको जानकारी दिए ।

काँग्रेसले आगामी २०७७ फागुन ७ देखि १० सम्म १४ औँ महाधिवेशन गर्ने भनेकोमा कोरोना महामारिका कारण प्रभावित भएको थियो । आज भएको पदाधिकारी बैठकले सोहि मितिमानै महाधिवेशन गर्ने गरी कार्यतालिका परिमार्जन गरेको छ । जसअनुसार असार २५ गतेबाट क्रियाशील सदस्यता वितरण र नविकरणको कार्य सुरु गर्ने निर्णय गरेको छ ।

कोरोना महामारिका कारण क्रियाशील सदस्यता वितरण र नविकरण स्थगन गर्दै सचेतना अभियानमा सकृय हुने पार्टीपंक्तिलाई निर्देशन दिएको थियो ।

कोरोना माहामारी भन्दा अगाडि तय गरीएको कार्यतालिकामा केही फेरबदल गरी महाधिवेशन सोहि समयमा गर्ने गरी कार्यालातिका परिमार्जनबारे सोमबार गृहकार्य गरेर मंगलबार केन्द्रीय समिति बैठकमा पेश गर्ने निर्णय पदाधिकारी बैठकले गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार