• शनिबार, साउन ९ २०८३

भक्तराजको पार्थिव शरीरमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झन्डा


मंगलबार, फाल्गुन १५ २०८०
1.6K
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गायक तथा संगीतकार भक्तराज आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएका छन् ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान पुगेर श्रद्धाञ्जली प्रकट गरेका हुन् । प्रधानमन्त्रीसँगै नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू श्रद्धाञ्जली दिन प्रतिष्ठान पुगेका थिए ।

आचार्यको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिँदै छ । उनको हिजो दिउँसो ८१ वर्षाको उमेरमा निधन भएको थियो । साढे चार सयभन्दा धेरै गीत गाएका भक्तराजका दर्जनौँ गीत लोकप्रिय छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार