काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा सहितको नेपालको नयाँ नक्सा जारी गरेकै कारण भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउने खेल खेलिरहेको आरोप लगाएका छन् ।
मदन भण्डारी फाउण्डेसनले शनिबार बालुवाटार गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतका मिडियाका सन्देश र बौदिक बहसले भारतको राज्य संयन्त्र बर्तमान नेपाल सरकार हटाउने खेलमा सक्रिय भएको बताए ।
विगतमा पनि चीनसँग व्यापार तथा पारवहन सन्धि गरे लगतै आफुलाइ प्रधानमन्त्री बाट हटाइएको स्मरण गर्दै ओलिले हाल नेपालले आफ्नो जमिन फिर्ता ल्याउन खोज्दा फेरि आफूलाई हटाउन खोजिएको उनले बताए । ओलीले आफुलाइ हटाउन नेपालका नेताहरू समेत लागेको आरोप लगाए ।
विगतमा चीनतिर सम्झौता गरेर फर्किएपछि सरकार ढलेको थियो किनभने हामीसँग बहुमत थिएन ओलिले भने अहिले त्यही सपना देखेर संविधान सशोधन भयो, नक्सा जारी भयो । तर नेपालको नक्सा छापे बापत प्रधानमन्त्रीलाई हटाउने सपना पुरा नहुने, नेपालको आजको रााष्ट्रियता यति कमजोर नभएको जिकिर ओलिले गरे ।
प्रधानमन्त्री ओलीले आफूलाई पदमा बसिरहन मन नभएको बताए । तर यसबेला आफू हटे भोलिबाट नेपालको पक्षमा बोल्ने आँट कसैले नगर्ने बताए ।