• शनिबार, साउन ९ २०८३

नवौँ नेपाल फर्मा एक्स्पो फागुन २५ गतेदेखि चितवनमा हुने


सोमबार, फाल्गुन १४ २०८०
1.2K
Shares

काठमाडौँ । नवौँ नेपाल फर्मा एक्स्पो आगामी फागुन २५ देखि २७ गतेसम्म चितवनमा सञ्चालन हुने भएको छ ।

नेपालमा फर्मा उद्योगको दिगोपन र वृद्धिको अगुवाइलाई मुख्य नारा बनाइने एक्स्पोमा औषधी उत्पादनमा प्रयोग हुन थालेका नयाँ प्रविधि प्रदर्शन गरिने एप्पोनले जानकारी दिएको छ ।

चितवन एक्स्पो सेन्टर भरतपुरमा तीन दिनसम्म एक्स्पो चल्नेछ । एक्स्पोमा नेपाल, भारत,सिगापुर, बंगलादेशका १५० भन्दा बढी स्टल रहने आयोजकको दाबी छ । एप्पोनले प्रत्येक दुई वर्षमा महत्वपूर्ण इभेन्टको रूपमा फर्मा एक्स्पो आयोजना गर्ने गरेको छ ।

सम्बन्धित सरोकारवाला, व्यावसायिकता, औषधी उत्पादन र निर्माण तथा प्रशोधन, औषधीमा प्रयोग हुने सामग्री, प्याकेजिङ, मेसिनरी ल्याब, एनालिटिकल ओईएम, रेफ्रिजेरेसन, क्लिनरुम, इन्जिनियरिङ, एयर फिल्टर, क्लिन एयर कान्डिसनिङ, औषधी उद्योगका लजिस्टिक तथा अन्य सामग्री एउटै स्थलमा प्रदर्शन गरिने नेपाल औषधि उत्पादक संघ (एप्पोन) ले जानकारी दिएको हो ।

एक्स्पोका संयोजक प्रभात रुंगटाले एक्स्पोमा डेढ सय स्टल रहने र अहिले बुकिङको क्रम जारी रहेको बताए । उनले भारत बाहेक चीन लगायतका औषधि कम्पनीहरुको स्टल १५ वटासम्म रहने र ११० वटा जति स्टल भारतीय औषधि कम्पनीका रहने बताए । उनले काठमाडौंमा भृकुटीमण्डप मात्रै एक्स्पो सेन्टर रहेको र एक्स्पोका लागि सो समयमा खालि नरहेकाले चितवन रोजेको बताए ।

प्रत्येक दुई वर्षमा आयोजना गरिने यस एक्स्पोले नेपालका औषधि उद्योगलाई अगाडि बढाउनका लागि महत्वपूर्ण भुमिका खेल्ने बताइएको छ । एक्स्पो ज्ञान आदानप्रदानकासाथै सहकार्य, औषधि क्षेत्रको वृद्धि विकासका लागि महत्वपूर्ण हुने आयोजकको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार