• शनिबार, साउन ९ २०८३

नेदरल्यान्ड्ससँग नेपाल पराजित


आइतबार, फाल्गुन १३ २०८०
1.3K
Shares

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको पहिलो त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले तेस्रो पराजय भोगेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेदरल्यान्ड्ससँग ८ विकेटको पराजय भोगेसँगै सिरिजमा नेपालले खेलेका ४ मध्ये ३ खेलमा हार बेहोरेको हो । यसअघि नेपालले नेदरल्यान्ड्सलाई एक खेलमा पराजित गरेपनि नामिबियासँग दुवै खेलमा पराजय भोगेको थियो ।

आइतबारको खेलमा भने नेपालले दिएको १ सय ७३ रनको लक्ष्य नेदरल्यान्ड्सले ३७ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

नेदरल्यान्ड्सका लागि विक्रमजित सिंहले ५८ रन तथा सायब्रान्ड एन्जलब्रेचले ४६ रन जोडे । माइकल लेभिटले ३९ रन तथा म्याक्स ओ’दाउदले २८ रनको योगदान गरे ।

नेपालका लागि ललित राजवंशी र दिपेन्द्र सिंह ऐरीले १-१ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको ३ बल बाँकी छँदै सबै विकेट गुमाएर १ सय ७२ रन बनायो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ६६ रनको योगदान गरे । करण केसीले २६ रन तथा आरिफ शेखले २२ रन जोडे । आशिफ शेख १७ रन तथा कप्तान रोहित पौडेल १६ रनमा आउट भए ।

नेदरल्यान्ड्सका लागि आर्यन दत्तले ३ तथा भिभियन किंग्माले ३ विकेट हात पारे । रोएलोफ भानले १ र बास डी लिडेले २ विकेट लिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार