• शनिबार, साउन ९ २०८३

हरेक निकायलाई पारदर्शी बनाउन सञ्चारमाध्यमकाे भूमिका महत्वपूर्ण: सांसद पाैडल


आइतबार, फाल्गुन १३ २०८०
1.6K
Shares

तस्विर: सिमपानी मिडिया

काठमाडौँ । प्रतिनिधी सभा सदस्य प्रदीप पौडेलले सुशासन प्रबद्र्धनका लागि सञ्चारमाध्यमले कलम चलाउनुपर्नेमा जोड दिएका छन् ।  सिमपानी मिडियाको बार्षिक उत्सव तथा सम्मान कार्यक्रमलाई सम्बाेधन गर्दै उनले राज्यका हरेक निकायलाई जवफदेही र पारदर्शी बनाउन सञ्चार माध्यमकाे भूमिका महत्वपूर्ण हुने बताएका हुन् ।

‘सुशासन कायम गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छ । सत्य तथ्य बाहिर ल्याइ आम नागरिकलाई सही सूचना र जानकारी दिन सञ्चारमाध्यम प्रतिबद्ध हुनुपर्छ’ नेपाली कांग्रेसका नेता समेत रहेका पाैडेलले भने ।

सबै कुरा प्राप्त भएर पनि सुशासन प्राप्त भएन भने त्यसको कुनै अर्थ नरहने उनकाे भनाई छ । मुलुकभित्र पारदर्शिता, जवाफदेहिता कायम हुन नसक्दा विदेश पलायन हुनेहरुको सङ्ख्या बढिरहेको पाैडेलकाे तर्क छ ।

त्यस्तै नेपाली कांग्रेसका नेता एवं पालुङटार नगरपालिकाका पूर्वप्रमुख इञ्जिनियर दीपकबाबु कँडेलले मुलुकको विकासका लागि सञ्चारमाध्यमको ठूलो भूमिका रहेको बताए । तथ्यपरक र विश्वसनीय समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई आग्रह समेत गरे ।

नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य एवं पर्यटन व्यवसायी डा रामशरण थपलियाले बिग्रँदै गएको अर्थतन्त्रलाई सही दिशा प्रदान गर्नका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताए ।

नेकपा (एमाले) गोरखाका नेता मोहन भट्टराईले राजनीतिक परिवर्तनमा सञ्चारमाध्यमको भूमिका सराहनीय रहेको तर्क गरे । नेपाली कांग्रेसका नेता एवं शिक्षाविद् युवराज बस्ताकोटीले सकारात्मक समाचार सम्प्रेषणका लागि नेपाली सञ्चारमाध्यम लाग्नुपर्नेमा जोड दिए ।

सिमपानी मिडिया ग्रुपका अध्यक्ष बिमल भट्टले पछिल्लो समय सुचनाको भरपर्दो माध्यम डिजिटल पत्रिका रहेता पनि अनलाईन मिडिया लाई पनि मुल धारका मिडिया सरह राज्यले ब्यबहार गर्नु पर्नेमा जोड दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार