• शनिबार, साउन ९ २०८३

कांग्रेस महासमिति बैठकको निष्कर्ष : वर्तमान गठबन्धन चार वर्ष नै कायम रहने


शुक्रबार, फाल्गुन ११ २०८०
1.4K
Shares

काठमाडाैँ । नेपाली कांग्रेसको फागुन ७ गतेदेखि जारी महासमिति बैठकले वर्तमान गठबन्धन चार वर्ष नै रहने निष्कर्ष निकालेको छ ।

बैठकपछि ११ वटा निष्कर्ष सार्वजनिक गर्दै कांग्रेसले तीनै तहका सरकार संचालनमा देखिएका समस्यालाई समाधानका लागि नेतृत्वदायी भूमिका खेल्ने जनाएको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले महामन्त्री विश्वप्रकाश शर्माले बैठकमा प्रस्तुत गरेको प्रस्तावमा वर्तमान गठबन्धन चार वर्ष नै कायम रहने उल्लेख रहेको र सो प्रस्ताव महासमिति बैठकबाट पारित भएको जानकारी दिए । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले सो प्रस्ताव पारित गरेको हो ।

पार्टीका प्रचार प्रसार उपसमितिका संयोजक मीनबहादुर विश्वकर्माद्धारा जारी विज्ञप्तिमा शान्ति प्रक्रियाका बाँकी काम, संक्रमणकालीन न्यायका विषय चाँडै टुङ्याउने प्रतिबद्धता जाहेर गरिएको छ ।

अर्थतन्त्रमा देखिएका विविध समस्या र चुनौतिलाई समाधान गर्ने जिम्मेवारी बोध गर्दै कांग्रेसले किसान, सहकारी बचतकर्ता, मिटरव्याज र लघुबित्त पीडितहरुले भोग्दै आएका पीडालाई अभिलम्व समाधान गरी पीडितलाई न्याय दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

पार्टीको निष्कर्षमा उपसभापति पूर्णबहादुर खड्काबाट प्रस्तुत नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाबाट प्रस्तुत सांगठानिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माबाट प्रस्तुत समसामयिक राजनीतिक प्रस्ताव नेपाली कांग्रेसको नीति, सांगठानिक कार्ययोजना र समसामयिक सन्दर्भमा स्पष्ट दृष्किोण निर्माण गरेको उल्लेख छ ।

बन्द सत्रमा प्रस्तुत प्रस्तावमा सहभागी सदस्यवाट प्राप्त सुझावका आधारमा केन्द्रीय कार्यसमितले परिमार्जनसहित अन्तिम रुप दिने गरी तीनवटै प्रस्ताव महासमितिको बैठकले सर्वसम्मतिले पारित गरेको छ ।

साथै नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थ मन्त्री डा. प्रकाशसरण महतबाट प्रस्तुत आर्थिक प्रतिवेदन सुझावसहित ग्रहण गर्नुका साथै लेखा समितिका संयोजक श्यामप्रसाद घिमिरेले प्रस्तुत गरेको लेखा परिक्षण प्रतिवेदन वैठकले अनुमोदन गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार