• शुक्रबार, साउन ८ २०८३

चुनावमा गठबन्धन नगर्ने प्रस्ताव हटाउन दबाब दिनु कार्यकर्ताको भावनाविपरीत : नेता शिवाकोटी


सोमबार, फाल्गुन ७ २०८०
1.5K
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले चुनावमा गठबन्धन नगर्ने प्रस्ताव प्रतिवेदनबाट हटाउन दबाब दिने कार्य आम कार्यकर्ताको भावना विपरीत भएको बताएका छन् ।

महामन्त्री गगन थापाले तयार पारेको प्रतिवेदनबाट चुनावमा गठबन्धन नगर्ने प्रस्ताव हटाउने सभापति शेरबहादुर देउवाले दबाब दिएपछि उनले यस्तो बताएका हुन् । नेता शिवाकोटी महामन्त्री थापा निकटका हुन् ।

उनले भनेका छन्, ‘महासमिति बैठकमा पेस हुने प्रतिवेदनमा प्रस्तावित आउने चुनावदेखि कांग्रेसका शुभेच्छुकहरू र कार्यकर्ताले रुख चिन्हमै मत हाल्न पाउने व्यवस्थालाई पेचिलो बनाएर त्यसलाई प्रतिवेदनबाट हटाउन दबाब दिने कार्य आम कार्यकर्ता र शुभेच्छुकको भावनाविपरीत छ । आउनुस् एकपटक फेरि कांग्रेसका शुभेच्छुकहरू र कार्यकर्तालाई रुख चिन्हमै मत हाल्न पाउने व्यवस्थाका लागि महासमितिमा आवाज बुलन्द गरौं । महासमिति बैठकलाई पूर्ण सफल पारौं ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार