• शनिबार, साउन ९ २०८३

नेपालको १५ औँ खेलसम्मको अपराजित यात्रामा पूर्णविराम, आज नामिबियासंग पराजित


बिहिबार, फाल्गुन ३ २०८०
1.1K
Shares

Photo: Cricket Association of Nepal-CAN

काठमाडाैँ । नामिबियासँग पराजित हुँदै नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज हारबाट सुरुवात गरेको छ।

टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईको आगमनपछि नेपाली टोलीले लिग २ मा १३ औँ खेलपछि पहिलो हार व्यहोरेको हो।

घरेलु मैदानमा भने नेपालले १५ औँ खेलसम्मको अपराजित यात्रालाई पूर्णविराम लगाएको छ।

बिहिबार भएको खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भयो।

नेपालले दिएको १ सय ३३ रनको लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो।

त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले भोलि शुक्रबार नेदरल्याण्डस्सँग खेल्नेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार