• शनिबार, साउन ९ २०८३

माओवादीको विधान अधिवेशन आज पनि, २० वटा समुहले आ-आफ्नो प्रस्तुति दिने


बुधबार, फाल्गुन २ २०८०
1K
Shares

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को प्रथम विधान अधिवेशन आज पनि जारी रहने भएको छ ।

पार्टी अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो उद्‌घाटन गरेको सो अधिवेशनमा आज २० वटा समुहले आआफ्नो प्रस्तुति दिनेछन् ।
महासचिव देवप्रसाद गुरुङले हिजो गठन गरिएका २० वटा समूहले प्रस्तावित विधानमा छलफल गरिसकेपछि आज प्रस्तुतिकरण हुन लागेको बताए । अध्यक्ष प्रचण्डले बुधबार १ बजेसम्म छलफल गरी आफ्नो समूहको निष्कर्ष अधिवेशनमा प्रस्तुत गर्न समयसिमा तोकेका छन् ।

 

तीन दिनसम्म चल्ने अधिवेशनमा २० वटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिम रुप दिइने माओवादीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार