• शनिबार, साउन ९ २०८३

वाईसीएलको वक्तृत्वकला प्रतियोगितामा गोरखाकी आशा उपरकोटी बनिन् प्रथम


मंगलबार, फाल्गुन १ २०८०
1.4K
Shares

काठमाडौँ । जनयुद्ध दिवसका अवसरमा योङ कम्युनिस्ट लिग (वाईसीएलले) नेपालले आयोजना गरेको ‘डिजिटल वक्तृत्वकला’ प्रतियोगितामा गोरखा नगरपालिका ४ की आशा उपरकोटी प्रथम भएकी छन् ।

वासीएलको उपभोक्ता हकहित संरक्षण विभागले ‘जनयुद्धका उपलब्धि’ विषयमा आयोजना गरेको प्रतियोगितामा आशा प्रथम भएकी हुन् ।

आशाले ५५ हजार रुपैयाँ पुरस्कारसहित सम्मान पाइन् । द्वितीय हुने सिलु क्षत्रीले ३५ हजार रुपैयाँ र तृतीय स्थान प्राप्त गर्ने सम्झना राईले २० हजार रुपैयाँ नगदसहित सम्मान पाए ।

उनीहरूलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुरस्कार प्रदान गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार