• शनिबार, साउन ९ २०८३

फागुन १ गते सार्वजनिक बिदा छैन : गृह मन्त्रालय


सोमबार, माघ २९ २०८०
3.9K
Shares

काठमाडौँ । गृह मन्त्रालयले फागुन १ मा (भोली) सार्वजनिक बिदा नरहेको जानकारी स्पष्ट पारेको छ ।  मन्त्रालयले सोमबार सूचना प्रकाशित गर्दै यसअघि मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार वार्षिक बिदा सूचीमा रहेको भोलि (फागुन १) को सार्वजनिक बिदा कायम नरहेको प्रस्ट पारेको हो ।

गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले निकालेको सूचनामा सर्वोच्च अदालतको फैसलाका कारण भोलिको बिदालाई मन्त्रिपरिषद् बैठकले हटाएको जनाइएको छ ।

यसअघि गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर फागुन १ गते जनयुद्ध दिवसको बिदा दिएको थियो । तर सशस्त्र युद्धको सम्झनामा बिदा दिएको भन्दै धेरैले विरोध गरेपछि परेको मुद्दामा सर्वोच्चले उक्त दिनको बिदा खारेज गर्न परमादेश दिएको थियो ।

May be an image of text that says 'नेपाल सरकार गृह मन्त्रालय पत्र संख्या:- प्राप्त पत्र संख्या र मिति:- च.नं.:- नैपाल मन्त्रालय सरकार गृह सिंहदरवार, काठमाडौ, नेपाल सार्वजनिक बिदा कायम नरहेको सम्बन्धी सूचना सम्मानित सर्वोच्च अदालतको फैसलाका आधारमा नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०६०/१०/२५ को बैठकको निर्णयानुसार नेपाल राजपत्र (खण्ड ७२, संख्या ६५, भाग मिति २०७९/१२/०२) मा प्रकाशित संवत् २०६० फागुन गते मझ्लबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्वद्ध सबैको जानकारीका लागि अनुरोध मिति: २०६० माघ २९ गते नेपाल संवत ૧૧४४ सिल्लाथ्व, ३ सोमबार mu4ηmmς नारायण प्रसाद भट्टराई सहसचिव प्रवक्ता'

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार