गोरखा । गण्डकी प्रदेशभर रहेका ८५ मध्ये पाँच स्थानीय तहले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेका छन्।
२०५२ फागुन १ बाट सुरु भएकाे तत्कालिन जनयुद्धकाे स्मरणमा गोरखाका चार र तनहुँकाे एक पालिकाले बिदा दिने निर्णय गरेका हुन्।
अघिल्लाे बर्ष संघिय सरकारले समेत साे दिन जनयुद्ध दिवशका नाममा देशभर सार्वजनिक विदा दिएकाे थियाे । तर सर्वाेच्च अदालतमा साे निर्णयका बिरुद्ध रिट परेपछि विदा बदर भएकाे थियाे ।
सर्वाेच्चले केहि दिन अघि जनयुद्ध दिवसमा विदा नदिन सूचना समेत प्रकाशित गरेकाे थियाे । तर सर्वाेच्चकाे आदेश विपरित गोरखाका भिमसेन थापा, अजिरकोट, गण्डकी र बारपाक सुलिकोट गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । उनिहरुले सूचना नै जारी गरेर विदा दिने बिषय सार्वजनिक गरेका हुन् ।
२०७९ मा भएको स्थानीय तह चुनावमा गोरखाका ११ मध्ये ९ पालिका नेकपा (माओवादी केन्द्र) का उम्मेदवारले जितेका थिए। तर अहिलेसम्म यि ४ बाहेक माओवादी केन्द्रले जितेका अन्य ५ पालिकाले भने विदा घोषणा गरेका छैनन् ।
यता तनहुँकाे आँबुखैरेनी गाउँपालिकाले समेत साे दिन बिदा दिने निर्णय गरेकाे छ ।