• शनिबार, साउन ९ २०८३

गृहमन्त्रीलाई रवि लामिछानेको प्रश्न : विनोद चौधरीसँग बयान लिइयो कि लिइएन ?


आइतबार, माघ २८ २०८०
2K
Shares

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृह सचिव दिनेश भट्टराई र प्रहरी महानिरीक्षक वसन्त कुँवर उपस्थित रहेको बैठकमा लामिछानेले बाँसबारी जग्गा प्रकरणमा अरुण चौधरीकै बराबर सेयर भएका विनोद चौधरीसँग बयान लिइयो कि लिइएन भनेर प्रश्न गरेका हुन् ।

उनले भने, ‘अरुण चौधरीकै जति सेयर भएका सत्तारूढ दलका सांसद विनोद चौधरीलाई अनुसन्धानको दायरामा राखेर बयान लिन सकिन्थ्यो होला बयान लिइयो कि लिइएन ।’

त्यस्तै लामिछानेले नक्कली भूटानी शरणार्थी प्रकरणको अनुसन्धानमा ढिलाई भएको भन्दै गृहमन्त्रीसँग जवाफ समेत माग गरे ।

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा तत्कालीन च्याम्पियन फुटवेयर कम्पनी मातहत ल्याइएको विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार