• शनिबार, साउन ९ २०८३

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु, मंगलबारदेखि विधान सम्मेलन


आइतबार, माघ २८ २०८०
1.3K
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको पाँचौ पूर्ण बैठक राष्ट्रिय सभा गृहमा सुरु भएको छ ।

पार्टीको फागुन पहिलो साता सम्पन्न हुने विधान सम्मेलनको तयारी र चार महिने माओवादी रुपान्तरण अभियान ‘जनतासँग माओवादी विशेष अभियान’ काे समीक्षालगायत विषयमा छलफल गर्न बैठक बसेको हो ।

बैठक ११ बजेदेखि बस्ने भनिए पनि एक घण्टा ढिलो गरी सुरु भएको हो ।

विधान सम्मेलनको तयारीका लागि केन्द्रीय समिति बैठक बस्ने भए पनि उपाध्यक्ष पम्पा भुसाल नेतृत्वको समितिले तयार पारेको मस्यौदामा भने छलफल हुनेछैन ।

माओवादीको केन्द्रीय समिति बैठक सोमबारसम्म बस्ने छ । मंगलबारदेखि तीन दिनसम्म माओवादी केन्द्रको विधान सम्मेलन काठमाडौँमा सम्पन्न हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार