काठमाडाैँ । नेपालमा पहिलोपटक राष्ट्रियस्तरमा कुरानवाचन प्रतियोगिता आयोजना गरिएको छ।
साउदी दूतावासको सहयोगमा मुस्लिम आयोगले आयोजना गरेको उक्त प्रतियोगिताको आयोगका अध्यक्ष समिम मियाँ अन्सारी र नेपालस्थित साउदी राजदूत साद नासिर अब्दुल्लाहले संयुक्त रूपमा हिजाे शनिबार उद्घाटन गरे।
प्रतियोगितामा देशभरिबाट करिब दुई सयभन्दा बढी मुस्लिम छात्रछात्रा (तालिवा)हरू सहभागी छन्।
प्रतियोगितामा राष्ट्रिय सभा सदस्य मौलना खालिक सिद्दिकी, आयोगका सदस्यहरू मिर्जा अर्सद बेग, समसुल हक, आयोगका सचिव चण्डीप्रसाद घिमिरे, भारतको दिल्लीस्थित साउदी दूतावासका उपप्रमुख बदर नासिर अल्नाजी, डा. अब्दुल नगी अल्काफीलगायतको सहभागिता रहेको थियो।
आयोगका प्रवक्ता तथा सदस्य बेगले विभिन्न उमेर समूहमा प्रथम, दोस्रो तथा तेस्रो हुने १७ जना छात्रछात्रहरूलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको बताए। प्रतियाेगिता आज सकिनेछ ।