• शनिबार, साउन ९ २०८३

नेपालले जित्यो क्यानडाविरुद्धको सिरिज


शनिबार, माघ २७ २०८०
2.2K
Shares

काठमाडौँ । नेपालले क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज जितेको छ।

त्रिवि मैदानमा शनिबार क्यानडालाई ४ विकेटले हराउँदै नेपालले तीन खेलको सिरिज आफ्नो पक्षमा पारेको छ। नेपालले एक खेल बाँकी छँदै सिरिज जितेको हो।

आजको खेलमा विजयी भएसँगै नेपालले सिरिज जितेको हो। नेपालले पहिलो खेल ७ रनले जितेको थियो। सिरिजको अन्तिम खेल आगामी सोमबार हुनेछ।

क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी छँदै पूरा गर्‍यो। कप्तान रोहित पौडेल, देव खनाल र अनिल साहको अर्धशतक बनाए।

कप्तान पौडेलले ८७,  खनालले ७६, साहले ५० रन बनाए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार