• शनिबार, साउन ९ २०८३

आज पनि बस्दैछ नेकपा स्थायी कमिटी बैठक, हेर्नुस एजेण्डा


शुक्रबार, असार १२ २०७७
895
Shares

काठमाण्डाै । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बुधबारदेखि शुरु भएको बैठक आज पुनः बस्दै छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ११:०० बजे पुनः बस्ने भएको हो  ।

बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले धारणा राख्नुभएपछि शुक्रबारसम्मका लागि बैठक स्थगित गरिएको थियो । बुधबार दुई अध्यक्षले मात्र सम्बोधन भएकाे बैठकमा आजदेखि सदस्यहरुले पेश गरिएको एजेण्डामाथि धारणा राख्ने बताइएको छ ।

आजको बैठकमा  कोभिड –१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र साङ्गठानिक एकताका बाँकी काम, अमेरिकी मिलेनियम कर्पाेरेशन सहायता (एमसिसी) लगायतका बिषयमा छलफल हुने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार