• शनिबार, साउन ९ २०८३

प्रतिनिधि सभा बैठक स्थगित, १२ दिनपछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर


बुधबार, माघ २४ २०८०
1.2K
Shares

काठमाडौं । १२ दिनपछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम चलाउने गरी प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

२२ माघमा सुरु भएको हिउँदे अधिवेशनको दोस्रो बैठकमा बुधबार ‘सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ पारित गरेको छ ।

विधेयक पारित भएसँगै सभामुख देवराज घिमिरेले आगामी फागुन ६ गते आइतबार अर्को बैठक बस्ने र त्यस दिन प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने जानकारी गराए ।

प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि सांसदहरुले आगामी फागुन २ गते दिउँसो ३ बजेभित्र संसद सचिवालयमा उपलब्ध गराउनुपर्ने हुन्छ ।

प्रतिनिधिसभा नियमावली २०७९ परिच्छेद ९ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रमको व्यवस्था छ । जहाँ प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्न सभामुखले प्रत्येक महिनाको पहिलो साताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने व्यवस्था छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार