काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालकाे विद्यालय शिक्षा अन्त्यन्तै नाजुक अवस्थामा पुगेको बताएका छन्।
आज प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले यस्ताे बताएका हुन् ।
‘हाम्रो विद्यालय शिक्षा कस्तो अवस्थामा छ ?, अबको बच्चा प्रविधिमा पोख्त हुनुपर्ने हो। तर यस्तो छ अवस्था।’ उनले भने।
कक्षा ३ मा पढ्ने विद्यार्थीले गणित, विज्ञान र अंग्रेजी पनि नजान्दा अबको शिक्षास्थिति कता जाँदैन भनेर उनले प्रश्न गरेका छन्।
थापाले अब विद्यालय अनुकूल विधेयक बनाउनुपर्ने बताएका छन्। उनले अबका विद्यार्थी विदेश पढ्न नजानुपर्ने गरी विधेयक ल्याउनुपर्ने बताए।
‘मौका पाएका बेला त्रिवि सुधार गरौँ। यो मौका हो।’ उनले राजनीतिक खेलबाट बाहिर आएर शिक्षा क्षेत्रमा सुधार गर्नुपर्ने बताए। ‘यसमा राजनीति नगरौँ। विधेयकमा काम गरौँ।’
उनले भने,‘उच्च शिक्षा विधेयकलाई संसद्मा ल्याऊ। सबै मिलेर शिक्षा सुधार गरौँ।’ उनले त्रिभुवन विश्वविद्यालय सुधार गर्न यो मौका भएको बताएका छन्। उनले त्रिविमा राजनीतिक खेल छाडेर शैक्षिक सुधारमा लाग्नपर्नेमा जोड दिए। उनले सुशासनमा प्रत्याभूति दिनुपर्ने बताए।