काठमाडौंको शान्तिवाटिकामा बसेका प्रदर्शनकारीहरूलाई महानगर प्रहरीले हटाएको छ। मंगलबार बिहान काठमाडौं महानगर प्रहरीले प्रदर्शनकारीहरूलाई शान्तिवाटिकाबाट हटाएको हो।
महानगर प्रहरीका अनुसार सम्पदा क्षेत्रमा बस्न नदिने भएकाले हटाइएको हो। शान्तिवाटिकामा मिटरब्याज पीडित, आरती साहको परिवार लगायत धर्नामा बस्दै आएका थिए ।
उनीहरुलाई हटाउने क्रममा ठूलो संख्यामा प्रहरीहरु पनि परिचालन गरिएको थियो ।