• शुक्रबार, साउन ८ २०८३

गैरआवासीय नेपाली संघको समानान्तर संस्था यूएनडीओले पायाे वैधानिकता


बुधबार, माघ १७ २०८०
1.3K
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को समानान्तर संस्था दर्ता भएको छ ।

परराष्ट्र मन्त्रालयले बुधबार ‘युनाइटेड नेपाली डायस्पोरा संगठन’ (यूएनडीओ) दर्ता गरेर सम्बन्धितलाई प्रमाणपत्र प्रदान गरेको छ ।

२९ पुस २०८० को परराष्ट्र मन्त्रीस्तरीय निर्णयअनुसार गैरआवासीय नेपाली सम्बन्धी ऐन २०६४ तथा गैरआवासीय नेपाली सम्बन्धी नियमावली २०६६ बमोजिम यूएनडीओ दर्ता गरी प्रमाणपत्र प्रदान गरिएको हो ।

यूएनडीओ सोनाम लामाको अध्यक्षतामा गठन भएको थियो । लामा एनआरएनएका पूर्वउपाध्यक्ष हुन् ।

अघिल्लो पटक २०७८ चैतको एनआरएनए निर्वाचनमा विवाद भएपछि लामाले नेपाली मूलका विदेशी नागरिक मात्रै रहने गरी यूएनडीओ दर्ता गर्न परराष्ट्र मन्त्रालयमा निवेदन दिएका थिए ।

तर, परराष्ट्रले उक्त संस्था दर्ता गर्न नमानेपछि लामाले गत १५ साउन २०८० मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

लगत्तै सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यूएनडीओ दर्ता गर्न आदेश दिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार