• शनिबार, साउन ९ २०८३

बुढानिलकण्ठ नगरपालिकाको नगर सभा सुरु, डेढ बर्षभित्र १५ बेड सहितको नगर अस्पताल संचालन गरीने ।


बुधबार, असार १० २०७७
2.1K
Shares

काठमाण्डाै । बुढानीलकण्ठ नगरपालिकाको छैटौं नगरसभा आज सुरु भएको छ । नगरसभामा आगामी आर्थीक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख उद्धब प्रसाद खरेलले आगामि डेढ बर्ष भित्र डेढ बर्षभित्र १५ बेड सहितको नगर अस्पताल संचालन गरीने बताए ।

नगर प्रमुख खरेलले नगरको फोहोर व्यवस्थापनका लागि फोहोर प्रशोधन केन्द्रका लागि स्थान उपलब्ध गराउने वडालाई नगरले ५० लाख प्रोत्साहन स्वरुप सहयोग गर्ने जानकारी दिए । फोहोर व्यवस्थापन हालको चुनौति भएकोले यसको व्यवस्थापनमा नगर लागि परेको खरेलले बताए ।

नीति तथा कार्याक्रममा बुढानीलकण्ठ नगरपालिकाले आगामि आर्थिक बर्षमा नगरका ८ मिटर चौडा सडक सबै पिच गरिने, ४ वटा वडा कार्यालय निर्माण गरिने, नगरले संचालन गर्ने गरी एम्बुलेन्स खरिद गर्ने लगायत उल्लेख छ ।

त्यस्तै स्वास्थ्य चौकिको न्युनतम मापदण्ड सहितको स्मार्ट व्यवस्थापन गरीने, स्वास्थ्य संस्थामा प्रयोगशाला सेवा व्यवस्थापन गरिने, स्वास्थ्य विमा सुरुवात गर्ने नगर प्रमुख खरेलले बताए ।

कोभिड नियन्त्रणका लागि चेनता मुलक कार्यक्रम गर्ने, प्रत्येक वडामा क्वारेन्टाइन निर्माण गर्ने, सेल्फ क्वारेन्टाइन लाई प्रोत्साहन गर्ने र भिड भाड हुने व्यापारिक क्षेत्र, विद्यालय मठ मन्दीर लगायतका क्षेत्रमा हात धुने व्यवस्था गर्ने जानकारी नगर प्रमुख खरेलले जानकारी दिए ।

राहतका लागि रोजगार कार्यक्रम संचालन जारि राख्ने, नगरमा रहेको श्रमिकहरुको सुचि दर्ता गर्ने, स्वरोजगार कार्यक्रमलाई प्रोत्साहन गर्ने, कौसिखेती प्रबर्धन गर्ने लगायतका कार्यक्रम नीति तथा कार्यक्रममा समेटीएको छ ।

नया बन्ने घरमा बर्षाको पानि भण्डारण गर्ने नीति यस बर्षदेखी कडाइका साथ लागु गर्ने, हरेक वडामा पार्क निर्माण गरिने, नगर एफ एम संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

बुढानीलकण्ठ नगरपालिकाले प्रथमिकताका योजनाहरुमा प्रत्येक वडा ८ मिटर सडक संजालले जोड्ने, नगर चक्रपथ निर्माण लाई अगाडि बढाउने, कपन ह्याण्डबल ग्राउण्डलाई बहुउद्देश्यीय खेल मैदानको रुपमा विकास गरीने, प्रत्येक वडामा दुइवटा खुला पार्क निमार्ण, नगर अस्पताल निर्माण, पर्यटन पदमार्ग निर्माण लगायत रहेको नगर प्रमुख खरेलले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार