• शनिबार, साउन ९ २०८३

बंगलादेशविरुद्ध नेपालले ब्याटिङ गर्दै


बुधबार, माघ १७ २०८०
1.8K
Shares

काठमाडौँ- दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ क्रिकेट विश्वकपअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले बंगलादेशविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

ब्लुमफोन्टेनमा टस जितेर नेपालले बंगलादेशलाई पहिला बलिङका लागि निम्तो दिएको हो । नेपालका कप्तान देव खनालले भने पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन् ।

 

मंगलबारको खेलमा भारत र पाकिस्तान दुवैले जित हात पारेपछि सेमिफाइनल चरणको दौडबाट बाहिरिसकेको नेपालले बंगलादेशविरुद्ध जितका लागि मात्र खेल्दैछ ।

बंगलादेशको भने सेमिफाइनल पुग्ने झिनो सम्भावना अझै बाँकी छ । त्यसैले बंगलादेशले नेपालविरुद्ध जितसँगै नेट रनरेटका लागि समेत खेल्नेछ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार