• शनिबार, साउन ९ २०८३

शहिदको संख्या १४ हजार माथी पुग्याे, थप ३२ सयकाे नाम राजपत्रमा निकाल्ने तयारी

११ हजार ४ सय १९ जनाको नाम राजपत्रमा छापिइसकेको छ


मंगलबार, माघ १६ २०८०
2.4K
Shares

काठमाडाैँ । नेपालमा शहिदको संख्या साढे १४ हजार माथि रहेको सरकारले जनाएको छ।

गृह मन्त्रालयका अनुसार मन्त्रिपरिषद्ले सहिदको सूचीमा १४ हजार ६ सय ८० जनाको नाम समेट्ने निर्णय गरेको हो।

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार तीमध्ये ११ हजार ४ सय १९ जनाको नाम राजपत्रमा छापिइसकेको छ।

अब ३ हजार २ सय ६१ शहिदको नाम राजपत्रमा प्रकाशन गर्न बाँकी रहेको र त्यसको तयारी भइरहेकाे मन्त्रालयले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार