काठमाडाैँ । भिजिट भिसाको सेटिङको आरोप लागेका त्रिवुभन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका ८ जना अधिकृत फरार भएका छन्।
प्रहरीले अध्यागमन अधिकृत नरवीर खड्कालाई पक्राउ गरेर यस प्रकरणको अनुसन्धान गरिरहेको छ।
उनको बयानका आधारमा थप ७ जनाविरुद्ध पक्राउ पुर्जी लिएको छ। यसअघि नै पक्राउ अनुमति लिइसकेका ताराबहादुर कुँवर पनि फरार छन्।
भिजिट भिसाको सेटिङमा संलग्न रहेको आरोपमा अध्यागमनका ९ जना अधिकृतमाथि मुद्दा चलाउने राय प्रहरीले दिएको छ।
यसअघि अध्यागमनमा कार्यरत रहेका अधिकृतहरू कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पिताम्बर रिमाल र सुजन फागोविरुद्ध पनि प्रहरीले पक्राउ अनुमति लिइसकेको छ।