• शुक्रबार, साउन ८ २०८३

झन्डै २ अर्ब रुपैयाँ हिनामिना गरेर फरार भएका मेयर नेपालीलाई पक्राउ गर्न ‘रेड कर्नर नोटिस’

बाग्लुङको ढोरपाटनका मेयर नेपाली गएको वैशाखदेखि नै फरार छन्


शुक्रबार, माघ १२ २०८०
1.8K
Shares

काठमाण्डाै । झन्डै दुई अर्ब रुपैयाँ हिनामिना गरेर फरार भएका बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पक्राउ गर्न ‘रेड कर्नर नोटिस’ जारी भएको छ ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका देवकुमार नेपालीलाई पक्राउ गर्न नेपाल प्रहरीले प्रहरीको अन्तर्राष्ट्रिय फौजदारी सङ्गठन (इन्टरपोल) लाई आग्रह गरेपछि इन्टरपोलले ‘रेड कर्नर नोटिस’ निकालेको हो ।

उनीमाथि इमेज सहकारीका बचतकर्ताको एक अर्ब ६० करोड र विभिन्न बैंकहरूको ३५ करोड गरी दुई अर्ब रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ । उनि नेकपा एमालेबाट निर्वाचित मेयर हुन् ।

नेपाली गएको वैशाखदेखि नै फरार छन् । बचतकर्ताको उजुरीका आधारमा सहकारीका अन्य पदाधिकारी चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परिसकेका छन् ।

उनीहरूलाई जिल्ला अदालत बाग्लुङको गएकाे साउन ५ गतेको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको छ । संस्थाकी कोषाध्यक्ष लक्ष्मी सेन सुनारलाई प्रहरीले हिजो ललितपुरबाट पक्राउ गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार