काठमाडाैँ । राष्ट्रिय सभा निर्वाचनका लागि बिहीबार सातै प्रदेशका भएकाे मतदान सम्पन्न भएको छ। १९ सिटका लागि विभिन्न ८ दलबाट ५१ जना चुनावी मैदानमा रहेका निर्वाचन दिउँसाे ३ बजे सकिएकाे हाे ।
बिहीबार बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको थियाे।
निर्वाचनमा प्रदेश सभा सदस्यहरूको मतभार ५३ र गाउँपालिका अध्यक्ष-उपाध्यक्ष र नगरपालिका प्रमुख-उपप्रमुखको मतभार १९ छ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य ५४९ जना र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १४९८ जना गरी जम्मा २०४७ मतदाता छन्।
आजै मतपरिणाम आउने निर्वाचन आयोगले जनाएको छ।