काठमाडाैँ । अब बिजनेस भिसाका लागि अध्यागमन विभाग धाउन नपर्ने भएको छ।
अध्यागमन कार्यालयका महानिर्देशक रूद्रसिंह तामाङका अनुसार अब विभागले उद्योग विभाग अन्तर्गतको एकल विन्दु सेवा केन्द्रबाटै सेवाग्राहीले बिजनेस भिसा प्राप्त गर्ने व्यवस्था मिलाइएको जानकारी दिए।
बिजनेस भिसामा जानेहरूले उद्योग विभागमा इन्ट्री गरेपछि त्यहीँबाट अनलाइनमार्फत अध्यागमन कार्यालयले विवरण प्राप्त गर्ने र डकुमेन्टका आधारमा अनलाइनबाटै भिसा जारी हुने व्यवस्था गरिएको महानिर्देशक तामाङले जानकारी दिए।
यो सेवा माघ २ गतेदेखि नै सुरू भएको र यसले विभागमा इन्ट्री गरेपछि अध्यागमन गएर स्वीकृत गरी फेरि विभागमै जानुपर्ने अवस्थाको अन्त्य भएको छ। अब डकुमेन्ट भेरिफाइ गर्नुपरेको खण्डमा मात्र अध्यागमन कार्यालय जानुपर्ने महानिर्देशक तामाङले जानकारी दिए।