काठमाडाैँ । नवलपुरको हुप्सेकोटका श्रीमानले गर्भवती श्रीमतीको हत्या गरेका छन् । हुप्सेकोट गाउँपालिका वडा नं. ६ बिरुखर्कका ३३ वर्षका शेरबहादुर लम्कामगरले ३४ वर्षीया श्रीमती चनिसरा लम्कामगरको हत्या गरेका हुन् ।
गए राती करिब १ बजे घरमै सुतिरहेकी श्रीमती चनिसरालाई कोदालो र खुर्पा प्रहार गरेर श्रीमान शेरबहादुरले हत्या गरेकाे खुल्न आएकाे जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएकाे छ ।
प्रहरी नायव उपरिक्षक बेद बहादुर पौडेलका अनुसार चनिसरा ८ महिनाकी गर्भवती थिइन् । श्रीमतीको हत्या गर्ने शेर बहादुरलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।