• शनिबार, साउन ९ २०८३

युगाण्डा भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री दाहाल


आइतबार, माघ ७ २०८०
1.2K
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल युगाण्डा भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

युगाण्डाको राजधानी कम्पालामा आयोजना भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९ औं शिखर सम्मेलनमा भाग लिई आइतबार बिहान स्वदेश फर्किएका हुन् ।

माघ ४ गते राति युगाण्डा प्रस्थान गरेका उनी आज बिहान कतारको राजधानी दोहा हुँदै काठमाडौं आइपुगेका छन् । उनी सवार विमान अवतरण गर्ने क्रममा करिब आधा घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गराइएको थियो ।

भीभीआईपी उडानका कारण नोटाम जारी गरी अन्य जहाजको उडान/अवतरण रोकिएको जानकारी गराइएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार