काठमाडाैँ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा १० वटा स्थानीय तहहरू सूचीकृत भएका छन् । सरकारले गत साउनदेखि अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारलाई पनि कोषमा समेट्न थालेको हो ।
त्यस्तै, हालसम्म ५५ जना स्वरोजगार कोषमा सूचीकृत भएका छन् ।
कोषले अनौपचारिक क्षेत्र र स्वरोजगारलाई कोषमा आबद्ध गराउने कार्यविधि जारी गर्दै स्थानीय तह, प्रदेश र संघीय सरकारसँग सहकार्य गर्ने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार आफ्ना क्षेत्रका श्रमिकलाई कोषमा सूचीकृत गराउने स्थानीय तहहरूले कोषसँग सम्झौता गरेका हुन् ।
कोषका अनुसार हालसम्म भीमफेदी गाउँपालिका हेटौँडा, फेदीखोला गाउँपालिका स्याङ्जा, जितपुर उपमहानगरपालिका सिमरा, चिंगार्ड गाउँपालिका सुर्खेत, बर्दिवास नगरपालिका महोत्तरी, ताराखोला गाउँपालिका बागलुङ, बेलबारी नगरपालिका मोरङ, बलरा नगरपालिका सर्लाही, ऐरावती गाउँपालिका प्युठान र गोडैता नगरपापिलका सर्लाही कोषमा आबद्ध भएका छन् ।