काठमाडौं । राष्ट्रियसभा निर्वाचन अगाडि मन्त्रीपरिषद् पुनर्गठन नहुने भएको छ । राष्ट्रियसभा निर्वाचन माग ११ गते हुँदैछ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले पुस १० गते सरकारले गरेको १ वर्षको कामबारे समीक्षा गर्दै मन्त्रीपरिषद् पुनर्गठन हुने बताएका थिए ।
माघ १० गते भित्र मन्त्रीपरिषद् पुनर्गठन गरिसक्ने बताएका प्रधानमन्त्रीले हालसम्म त्यसको तयारी नगरेको पाइएको छ ।
तत्काल मन्त्रीपरिषद् हेरफेरको छलफल चलाउँदा राष्ट्रियसभा निर्वाचनमा प्रभाव पर्न सक्ने भन्दै प्रधानमन्त्री दाहालले यो विषयमा छलफल नै चलाएको उनी निकट स्रोतले बतायो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार माघ अन्तिम साता तिर पुनर्गठन हुने सक्ने बताइएको छ ।