• शुक्रबार, साउन ८ २०८३

उजुरी जाँचबुझ सकेर उम्मेदवारको नामावली प्रकाशन आज


बिहिबार, पुष २६ २०८०
1.3K
Shares

राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकाहरूको नामावली निर्वाचन आयोगले आज (बिहीबार) प्रकाशन गर्दै छ।

उम्मेदवारविरुद्ध परेका उजुरीबारे बुधबारदेखि छानबिन गरिरहेको आयोगले आज यो सकेर उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने भएको हो।

राष्ट्रिय सभाका १९ सिटका लागि सोमबार सात प्रदेशबाट ५२ जनाले उम्मेदवारी दिएका छन्।

अब नाम फिर्ता लिने चाहने उम्मेदवारले भोलि (पुस २७) गते नाम फिर्ता लिन सक्नेछन्। त्यसपछि सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ।

उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ प्रदान गरिने छ। यस निर्वाचनमा सात प्रदेशमा एकरएक मतदानस्थल र दुई/दुई मतदान केन्द्र कायम गरिएका छन्।

मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ।

यस निर्वाचनमा विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समुदायबाट सदस्य निर्वाचित हुनेछन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार