पोखरा । गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले अर्थ तथा विकास समितिको सदस्यबाट राजीनामा दिएका छन् ।
मनाङेले शुक्रबार समितिका सभापति दिपक काेइरालालाई राजिनामा बुझाएका हुन् ।
समितीले प्रभावकारी काम गर्न नसकेकाे भन्दै साँसद मनाङेले राजिनामा दिएका हुन । ठेक्कापट्टामा मन्त्री र मन्त्रालय आसपासका ब्यक्तीकाे रजाइ रहेकाे र अनियमितता भएपनि कुनै कारबाही नभएकाे भन्दै उनले असन्तुष्टि पाेख्दै आएका थिए ।
आफु समितीकाे सदस्य भएपनि कुनै अधिकार नभएकाे भन्दै उनले सदस्य पदमा नबस्ने बताउदै राजिनामा दिएका हुन ।