• शनिबार, साउन ९ २०८३

कोशीको सभामुखमा राप्रपाका विष्ट निर्विरोध


मंगलबार, पुष २४ २०८०
1000
Shares

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् ।

मंगलबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सिर्जना दनुवारले विष्टलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन्।

सत्तारुढ गठबन्धनले सभामुख राप्रपालाई दिने निर्णय गरेको थियो।

विपक्षी नेकपा एमालेले पनि सभामुखमा उम्मेदवारी नदिएपछि विष्ट निर्विरोध भएका हुन्।

उनको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता भक्ति सिटौला समर्थक र प्रदेशसभा सदस्य प्रेमराज थामसुहाङ समर्थक थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार