• शनिबार, साउन ९ २०८३

उच्च अदालतका ३९ न्यायाधीशले लिए सपथ


सोमबार, पुष २३ २०८०
1.2K
Shares

काठमाडौं – उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले शपथ लिएका छन् ।

सोमबार पाटन उच्च अदालतमा आयोजित कार्यक्रममा उच्च अदालतका मुख्य न्यायाधीशले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । कार्यक्रममा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, कानुनमन्त्री धनराज गुरुङसमेत उपस्थिति थिए।

भोलिदेखि आउँदो माघ १२ गतेसम्म न्यायाधीशहरू प्रशिक्षणमा रहनेछन् । त्यसपछि मात्रै उनीहरू तोकिएको उच्च अदालतमा जानेछन् ।

यही पुस १८ गते बसेको न्याय परिषद्को बैठकले ३९ जनालाई न्यायाधीश नियुक्त गरेको थियो । परिषद्ले २६ जिल्ला न्यायाधीश, चार न्याय सेवाका कर्मचारी र नौ कानुन व्यवसायीलाई उच्चको न्यायाधीशमा नियुक्त गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार