• शनिबार, साउन ९ २०८३

राष्ट्रिय सभाको उम्मेदवार छनोटमा उपेक्षा गरिएको भन्दै मुस्लिम संघ गण्डकीकाे असन्तुष्टी


सोमबार, पुष २३ २०८०
4K
Shares

काठमाडौँ । राष्ट्रिय सभाको उम्मेदवार छनोटमा उपेक्षा गरिएको भन्दै नेपाल मुस्लिम संघले असन्तुष्टी ब्यक्त गरेकाे छ ।

नेपाली काँग्रेसको भातृसंस्थाका रुपमा रहेकाे मुस्लिम संघले आगामी राष्ट्रिय सभा निर्वाचनमा पार्टीले उम्मेदवार छनाेट गर्दा मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्ने नेताहरुलाई उपेक्षा गरेकाे भन्दै असन्तुष्टी जनाएकाे हाे ।

‘हामी कहिलेसम्म पार्टी र नेताकाे भर्याङ्ग बन्ने ?’ मुस्लिम संघ गण्डकी प्रदेश सभापति शाह माेहम्मद मियाँले भने ‘पार्टीमा हाम्राेपनि योगदान छ, हामीलेपनि काम गरेका छाै, लगानी गरेका छाै, तर किन सधै त्यसकाे अवमुल्यन हुन्छ ?’

काँग्रेसकाे महाधिवेशन प्रतिनिधी र गण्डकी प्रदेश सदस्य समेत रहेका संघका सभापति मियाँले राष्ट्रिय सभाको उम्मेदवार छनोट समावेशी नभएकाे भन्दै सच्याउनुपर्ने माग राखेका छन् ।

राज्यका हरेक तह र निकायलाई संविधानले नै समावेशी सिद्धान्त अंगालेपनि पनि दलहरुले त्यसकाे खिल्ली उडाएको उनकाे भनाई छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार