• शनिबार, साउन ९ २०८३

सर्लाही बरहथवा घटनामा पीडित परिवार र प्रशासनबीच ११ बुँदे सहमति (पत्रसहित)


आइतबार, पुष २२ २०८०
1.6K
Shares

११ बुँदे सहमति सुनाउँदै सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला।

काठमाडाैँ । सर्लाहीको बरहथवामा तीन दिनदेखि जारी आन्दोलनमा पीडित परिवार, आन्दोलनकारी र प्रशासनबीच सहमति भएको छ।

अस्पताल स्तरोन्नति गर्नुपर्ने विषयमा भएको आन्दोलन फिर्ता लिन आइतबार ११ बुँदे सहमति भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए।

उनका अनुसार बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्र मधेश सरकारलाई हस्तान्तरण गरी ५० शैय्याको बनाउने, त्यस अस्पतालको नाम प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको नामबाट नामकरण गर्ने, मृतक परिवारलाई रोजगारी दिने लगायतका विषयमा सहमति जुटेको हो।

स्थानीय स्तरमा पूरा गर्न नसकिने मागलाई केन्द्रमा सिफारिस गर्ने गरी सहमति भएको प्रजिअ धमलाले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार