• शुक्रबार, साउन ८ २०८३

राष्ट्रिय सभा निर्वाचन: आज मतदाताको अन्तिम नामावली प्रकाशन गरिने

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि २ हजार ४७ जना मतदाता छन्


आइतबार, पुष २२ २०८०
1.2K
Shares

राष्ट्रिय सभाका १९ सदस्य चयन गर्न आगामी माघ ११ गते हुने चुनावका लागि निर्वाचन आयोगले आज (पुस २२ गते) मतदाताहरूको अन्तिम नामावली प्रकाशन गर्दै छ।

आयोगका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि २ हजार ४७ जना मतदाता छन्।

गत पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा सार्वजनिक मतदाता नामावलीमा कोही छुटेको भए समावेश गर्न, कुनै मतदाताको नाम, थर, उमेर, पद आदि विवरण सच्याउनु पर्ने भए सच्याउन र मतदाताको विरोधमा उजुरी दिनुपर्ने भए सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन भनिएको थियो।

ती सबै प्रक्रिया पूरा गरेर निर्वाचन आयोगले आज (आइतबार) अन्तिम मतदाता नामावली प्रकाशन गर्न लागेको हो।

राष्ट्रिय सभाका २० सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदै छ। तीमध्ये १९ जना चुनावबाट चुनिनेछन् भने एकजना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नेछन्।

उक्त चुनावका लागि भोलि (पुस २३ गते) सातै प्रदेशमा उम्मेदवारी दर्ताको कार्यक्रम छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार