• शुक्रबार, साउन ८ २०८३

एमालेले थप्याे ६ केन्द्रीय सदस्य


शुक्रबार, पुष २० २०८०
1.5K
Shares

नेकपा एमालेकाे सचिवालय बैठक । तस्विर: फाइल

काठमाडौं- नेकपा एमालेमा ६ जना केन्द्रीय सदस्य थपिएका छन् । शुक्रबार पार्टी मुख्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले ६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो ।

केन्द्रीय सदस्यमा मनोनित हुने ६ मध्ये ५ जना पार्टीको प्रदेश समितिका पूर्वअध्यक्षहरु रहेका छन् । मनोनित हुने प्रदेश पूर्वअध्यक्षमा कोशी प्रदेशका तुलसीप्रसाद न्यौपाने, मधेसका रामअवतार यादव, बागमतीका केशवराज पाण्डे, कर्णालीका विनोद शाह र सुदूरपश्चिमका दामोदर भण्डारी रहेका छन् ।

त्यसैगरी, बैठकले झापाका जिल्ला अध्यक्ष दीपक थापालाई पनि केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार