• शनिबार, साउन ९ २०८३

बालकुमारी घटनामा सहमति: सरकारले सहिद घोषणा गर्ने, पीडित परिवारले शव बुझ्ने

दुई पक्षवीच चार बुँदे सहमति पत्रमा हस्ताक्षर


सोमबार, पुष १६ २०८०
1.7K
Shares

काठमाडाैँ । गत शुक्रबार ललितपुरको बालकुमारी क्षेत्रमा प्रहरीसँग भएको झडपमा ज्यान गुमाएका दुईजना युवाका परिवार र सरकारबीच सहमति भएको छ।

शुक्रबार ललितपुर महानगरपालिका-८ बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषय भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतका परिवारले सरकारसँग ४ बुँदे सहमति गरेका हुन्।

सोमबार गृह मन्त्रालयका प्रतिनिधि र मृतकका परिवारका प्रतिनिधिबीचको वार्तापछि उक्त चार बुँदे सहमतिमा हस्ताक्षर भएको हो।

सहमतिअनुसार सरकारले मृतक दुवै युवाका परिवारसँगको सल्लाहमा १/१ जनालाई उपयुक्त रोजगारी यथाशिघ्र उपलब्ध गराउने भएको छ।

सहमतिअनुसार मृतक वीरेन्द्र र सुजनलाई सहिद घोषणा गर्न आवश्यक कारवाहीका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यथाशिघ्र अनुरोध गर्ने भएको छ।

सहमतिपछि मृतकका परिवारले सोमबार नै शव बुझिलिने भएका छन्। मृतकहरूको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा पुऱ्याउने व्यवस्था गृहमन्त्रालयले गरिदिने भएको छ।

हेर्नुस यस्ताे छ सहमति

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार