• शनिबार, साउन ९ २०८३

सकियो कांग्रेस केन्द्रीय समिति बैठक, निर्णय आज सार्वजनिक हुने


आइतबार, पुष १५ २०८०
1.8K
Shares

काठमाडाैँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सकिएको छ।

पुस १२ गतेदेखि पुस १४ गतेसम्म चलेको बैठकमा सरकारमा सहभागी कांग्रेसका नौ जना मन्त्रीले आफ्ना कार्यसम्पादनबारे बोलेका थिए। साथै केन्द्रीय सदस्यहरूले पनि कुरा राखेका थिए।

बैठकले यही पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

थप निर्णयबारे जानकारी दिन आज आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरिने उनले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार